लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला प्रकाउ

२०८३ बैशाख ६, आईतवार

काठमाडौँ : कास्कीस्थित लेकसाइड एरियामा रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले १६ महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वडा प्रहरी कार्यालय (बैदाम) बाट समेत खटिएको प्रहरी टोलीले शनिबार पोखरा महानगरपालिका-६ लेकसाइड वडा एरियाबाट १६ महिलालाई नियन्त्रणमा लिएको हो।

रातको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलाप गर्ने कार्यमा संलग्न १६ जना महिलालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार