१५औँ महाधिवेशनमा सबै सहभागी हुने अवस्था बनाइन्छ : प्रदीप पौडेल

२०८३ बैशाख ६, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाइने बताएका छन् । आइतबार काठमाडौँमा कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको बैठकका बिच सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले साे कुरा बताएका हुन् ।

उनले पार्टी भित्रको समस्या महाधिवेशनबाटै हल हुने भन्दै महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाइने बताए । पार्टीका अग्रज नेताहरूलाई आफुहरुले अभिभावक मान्ने उल्लेख गर्दै पौडेलले पार्टीका निम्ति समर्पित भएर काम गरेका नेताहरूलाई पार्टीको हरेक प्रक्रियामा सहभागी गराइने धारणा राखे ।

उनले अहिलेको अवस्थामा आफ्नो व्यक्तिगत हितका लागि भन्दा पनि पार्टीको बृहत्तर हितका लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिए । पौडेलले असन्तुष्ट पक्षहरूलाई केन्द्रीय समिति र अरू समितिहरूमा पक्षधरताको आधारमा सहभागी बनाइने बताए ।

विशेष महाधिवेशनको म्यान्डेट र कांग्रेसको विधानभित्र बसेर नै पार्टीलाई एकताबद्ध बनाइने समेत उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार