काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले विचौलियाको संगत गर्नेहरु कति शक्तिशाली हुन्छन् भन्ने थाहा पाउन गृहमन्त्री सुधन गुरुङलाई हेरे थाहा हुने बताएका छन् ।
चौतर्फी दबाबका बाबजुद गृहमन्त्री सुधन गुरुङ पदमा कायम रहनसक्नुुमा उनको विचौलियासँगको संगत भएको बस्नेतको टिप्पणी छ । बस्नेतले भने, ‘सरकारले तत्कालीन श्रममन्त्रीलाई स्पष्टीकरणसमेत नमागी पदबाट बर्खास्त गरेको थियो । तर त्यो भन्दा गम्भीर खालको विवादमा मुछिएका गृहमन्त्री गुरुङ पदबाट हट्ने या हटाइने कुुनै संकेत छैन । सत्तामा सधैंझैं विचौलियाको प्रभाव यसपटक पनि देखिएको छ ।’
सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै उक्त कार्यमा गृहमन्त्री गुरुङले राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा उनको जोड रहेको छ । नयाँ भनिएकाहरुको शासन शैली र रबैया पनि पुराना झैं हुने देखिएको उनको आरोप छ ।





