जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो : रक्षा बम

२०८३ बैशाख १०, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुम्वासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेन जेड अगुवा रक्षा बमले विरोध जनाएकी छिन् ।

बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुम्वासी बस्ती खाली गर्न निर्देशन दिएका प्रधानमन्त्री शाहको निर्णयप्रति प्रतिक्रिया जनाउँदै रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेकी छिन्, “बालेन, तपाईंले जानेकै यत्ति हो? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार