रास्वपा कार्यालयमा सुकुम्बासी

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।

सुकुम्बासीहरूको प्रदर्शनको सम्भावना बढेपछि कार्यालय अगाडि नेपाल प्रहरी बाक्लो गरी तैनाथ छन्।

काठमाडौँका विभिन्न सुकुम्बासी बस्ती खाली गराउने सरकारी तयारीविरुद्ध प्रभावित समुदाय आन्दोलनमा उत्रिएका हुन्।

थापाथली लगायत क्षेत्रका सुकुम्बासीहरू शुक्रबार बिहानदेखि नै विरोध प्रदर्शनमा सहभागी भएका छन्।

सरकारले वैकल्पिक व्यवस्था नगरी आफूहरूको बासस्थान खाली गराउन खोजेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार