काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य २ हजार ७ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँ कायम भएकोमा आज ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ ।





