चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

२०८३ बैशाख १४, सोमबार

काठमाडौं : सिरहाको मिर्चैया नगरपालिका-९ भगवानपुर टोलमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

मंगलबार राति करिब साढे १० बजे परेको चट्याङले अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् । रंजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मिथिलेशको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार