चन्द्रागिरिमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८३ बैशाख २३, बुधबार

काठमाडौँ : काठमाडौँको चन्द्रागिरिमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डामा बा.प्र ०२-०३६ प ०९६६ नम्बरको मोटरसाइकलमा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-४ सल्यानटार बस्ने ३० वर्षीय बिशाल धामी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।

उक्त मोटरसाइकललाई ना.२ क ३६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा.७३ प ९६५० नम्बरको मोटरसाइकलमा समेत ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार