शोभा पाठकलाई आक्रमण गर्नेलाई धरौटीमा छाड्न आदेश

२०८३ बैशाख २४, बिहीबार

काठमाडौं : शोभा पाठकलाई माइतीघरमा आक्रमण गर्ने १० जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । आक्रमण गर्ने मुख्य व्यक्ति नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी (बस्नेत) र शर्मिला बस्नेतलाई जनही ५०/५० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बाँकी ८ जनालाई भने जनही २५ हजार धरौटीमा छाड्न आदेश भएको छ । अम्बिका र शर्मिलाका साथै गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत, नीता खत्रीविरुद्ध मुद्दा चलाइएको थियो ।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो । माइतीघरमा धर्ना बसेकी शोभा पाठकमाथि यो समूहले आक्रमण गरेको थियो । पाठक भने सुधन गुरुङलाई गृहमन्त्री बनाउनुपर्ने माग राख्दै धर्ना बसेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार