सशस्त्रका ६ जना एसएसपी डीआईजीमा बढुवा

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ ।

गत वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त ६ पदमा डीआईजी बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा समितिको सिफारिसअनुसार गृह मन्त्रालयले उनीहरूलाई एसएसपीबाट डीआईजीमा बढुवा गरेको हो ।

बढुवा हुनेमा दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन् । उनीहरूलाई सोमबार सशस्त्र प्रहरीको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार