छुरा प्रहारबाट युवकको हत्या

२०८३ बैशाख २७, आईतवार

धरान : धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ ।

आज धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका-१० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङहोम लगिएकामा उपचारका क्रममा आज दिउँसो भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेबेले जानकारी दिए ।

घटनामा छुरा प्रहार गर्ने धरान उपमहानगरपालिका-१९ का अर्जुन विश्वकर्मा फरार रहेकाले खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार