काठमाडाैं : सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ, जसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउँछ।
प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी एस २६ प्लसले सामसङको प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ। ग्यालेक्सी एस २६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ।
यो सीमित अवधिको अन्तर्गत ग्यालेक्सी एस २६ प्लस खरिद गर्दा ग्राहकहरूले रु २३ हजारको इन्स्ट्यान्ट क्यासब्याक पाउछन्, जसले यसको विशेष अफर मूल्य रु १ लाख ८२ हजार ९ सय ९९ रूपैयाँबाट घटेर १ लाख ५९ हजार ९ सय ९९ बनौछ। यो अफर १९ मे देखि ३१ जुनसम्म मान्य हुन्छ।
यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले एचएफएल मार्फत इन्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता रु ४३४१ बाट सुरु हुन्छ। ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन्।











