काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रूपैयाँ कायम भएकोमा आज ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँ कायम भएको छ ।











