काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व असफल भएको भन्न नमिल्ने र अहिलेसम्म कसैले पनि उनको राजीनामा नमागेको बताएका छन्।
शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकको क्रममा सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै बस्नेतले जेनजी आन्दोलन पछि अध्यक्ष ओली सहितका शीर्ष नेताहरूको हत्या गर्ने ठूलो षडयन्त्र भएको बताएका हुन्। उनले उक्त समयमा आफूहरूले ओलीलाई गुण्डु लगायतका विभिन्न सुरक्षित स्थानमा राखेर सुरक्षा दिएको बताएका छन्।
उनले त्यसबेला युवा संघको बहानादेखि पार्टीको जिल्ला चियापान कार्यक्रम र नेश्नल भोलेन्टियर फोर्सको बहानामा अध्यक्ष ओलीलाई सुरक्षा दिएको बताएका छन्। उक्त समयमा पार्टी अध्यक्षको हत्या भएको भए क्रमशः तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङको पनि हत्या हुनसक्ने बताएका छन्।





