कांग्रेसीहरू दास र लास हुन सक्दैनन् : केदार कार्की

२०८३ जेष्ठ ९, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टी सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सभापति थापाले सदस्यता अद्यावधिक नगर्नेहरूको जिम्मेवारी खोस्ने चेतावनी दिएपछि उनले असन्तुष्टि जनाएका हुन्  ।

उनले भनेका छन्, ‘पार्टीमा समावेश हुने आधार आस्था र विश्वासले हो, समर्पण जङ्गी अड्डाको हुकुम र त्रासबाट पैदा हुँदैन। सैद्धान्तिक असहमतिका समाधान संवादबाट खोजिनुपर्छ ।  जिम्मेवार निकायले अल्लारेपन र दम्भ प्रदर्शन गर्दा पार्टीको पद्धति नै कमजोर बन्दै गएको छ। पद–लोलुपता समस्या हो । पदभन्दा माथि उठेर लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने प्रवृत्ति बन्द गराैँ ।’

नेतृत्वले नै एकता, सहमति र सम्मानको अनुभूति दिलाउने वातावरण बनाउनुपर्ने बताए । उनले थपेका छन्, ‘वडा, पालिका, क्षेत्र र जिल्लाका सभापतिलगायत जिम्मेवार नेता तथा कार्यकर्तालाई प्रश्न उठाएको वा सैद्धान्तिक असहमति राखेकै कारण राजाको निरङ्कुश शासनमा झैँ बर्खास्त गर्नु, धम्की दिनु कांग्रेस २.० को चरित्र हो ? लोकतन्त्रमा असहमतिलाई संवादमा नल्याई ‘साइलेन्ट निलम्बन’ गर्नु अनैतिक मात्र होइन, लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथिको धोका पनि हो ।’

अनुशासन सबैले पालना गर्नुपर्ने र नेताहरूलाई गाली गर्ने प्रवृत्ति पनि बन्द गरिनुपर्ने भन्दै कांग्रेसीहरू दास र लास हुन हुन नसक्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार