रास्वपाका सांसदहरूलाई ‘सय दिन’ नबोल्न रविको निर्देशन

२०८३ जेष्ठ १०, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नीतिगत विषय, मधेशका एजेन्डा र शक्ति बाँडफाँटलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ। पार्टी सभापति रवि लामिछानेले संसद् र सञ्चारमाध्यममा जथाभाबी टिप्पणी नगर्न आफ्ना सांसदहरूलाई चेतावनीयुक्त निर्देशन दिएकै समयमा पार्टीभित्रैबाट मधेशको सीमा समस्या र नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठ्न थालेका हुन्।

पार्टीलाई थप विवादमा पर्न नदिन सभापति लामिछानेले हालै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोशी र मधेश प्रदेशका सांसदहरूसँग झन्डै पाँच घण्टा लामो छलफल गरेका थिए। सो क्रममा उनले सांसदहरूलाई वर्तमान सरकारको कार्यशैलीलाई लिएर कम्तीमा ‘हन्ड्रेड डेज’ (सय दिन) सम्म कुनै पनि सार्वजनिक टिप्पणी नगर्न कडा निर्देशन दिएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार