डिडिसीद्वारा दूध किसानलाई रु १२ करोड भुक्तानी

२०८३ जेष्ठ १३, बुधबार

काठमाडौँ : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ ।

पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डिडिसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई रु तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डिडिसी) ले रु ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार