१५ जना बङ्गलादेशी नागरिक पक्राउ

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौँ : काठमाडौँको ठमेल क्षेत्रलाई आधार बनाएर शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्य गरेको तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङमा संलग्न रहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा २५ वर्षीय एमडी मजिदुल इस्लाम रेडोय, २२ वर्षीय सफिउल इस्लाम, २२ वर्षीय अपन चन्दा साहा, २६ वर्षीय अब्दुल्लाह अल जोबाएर, २६ वर्षीय अबुल हस्नाई, २४ वर्षीय अल साहरियार, ३० वर्षीय फैसल, २५ वर्षीय आजाद हुसेन, १९ वर्षीय एमडी अजमैन, २० वर्षीय एमडी तामिम हसन सौरव, २० वर्षीय एमडी जकारिया जन्नत, २४ वर्षीय सकिल अनवर, २१ वर्षीय हरजोत बिलाल राफत, २५ वर्षीय ओमित हसन शेकात र ३० वर्षीय एमडी इमाम हसन स्वाधीन रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले काठमाडौँ महानगरपालिका–१६ पकनाजोलस्थित एक होटलमा कोठाहरू भाडामा लिएर अवैध गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ। उनीहरूले विदेशी मोडल तथा युवतीहरूको तस्बिर प्रयोग गरी फेसबुकमा नक्कली खाता खोलेर बङ्गलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाउने र त्यसपछि विभिन्न बहानामा ब्ल्याकमेल गरी पैसा असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार