ठमेलमा १५ जना बंगलादेशी नागरिक पक्राउ

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं : ठमेलबाट प्रहरीले १५ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा बस्दै आएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

भिसाविना बस्दै आएका उनीहरू अवैध गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ। उनीहरूलाई देश निष्कासनको लागि अध्यागमन विभागमा बुझाइएको प्रहरीले जनाएको छ। विगतमा पनि यसरी अवैध रूपमा बस्दै आएका बंगलादेशी पक्राउ पर्दै आएका छन्।

काठमाडौं ठमेल एरियामा बंगलादेशीलगायतका विदेशी नागरिकहरूले भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्यविपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं महानगरपालिका-१६, पकनाजोलस्थित होटेल ‘एस’ को चौथो, पाँचौँ, छैटौँ तलाका कोठाहरू भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्नेजस्ता अवैध गतिविधिमा संलग्न रहेको खुल्न आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार