पाँच दिने भारत भ्रमणबाट फर्किए पछि रवि : सम्बन्ध ‘रिसेट’ भयो

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौं : झण्डै दुई तिहाइ नजिकको सरकार गठन गरेपछि पहिलोपटक छिमेकी मुलुक भारतको भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने फर्किएका छन् ।

पाँच दिन लामो भ्रमण गरेका सभापति लामिछाने शुक्रबार साँझ स्वदेश फर्किएका हुन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा भारत गएका सभापति लामिछानेले यो भ्रमणबाट नेपाल–भारत सम्बन्धमा ‘रिसेट’ भएको बताएका छन् ।

नयाँ सरकार बनेपछि भएको यो भ्रमणबाट आफूले कुन कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढाएको जानकारी गराए ।

‘नयाँ सरकार बनिसकेपछि मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुरामा, सहकार्यका कुरामा, हाम्रो वर्षौदेखि रहेको सद्भावपूर्ण सम्बन्धका आधारमा राष्ट्रका रुपमा कुन लाभलाई लिन सक्छौं,’ भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढेको छ । एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणमा भएका विषय भएकाले हामी एउटा चरणमा प्रवेश गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार