दुई पुरुषको शव फेला

२०८३ जेष्ठ २५, सोमबार

काठमाडौं : काठमाडौं र संखुवासभा गरी देशका दुई छुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-१७ थँहिटी चोकमा अन्दाजी ४१ वर्षीय कान्छा भन्ने पूर्ण बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै, संखुवासभाको चैनपुर नगरपालिका-१० कल्लेरी बुछा टोल बस्ने ७२ वर्षीय मंजित तामाङ आफ्नै घर पछाडी सोमबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार