काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रूपैयाँ कायम भएकोमा २ हजार रूपैयाँले बढेर ३ लाख १ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ५ रूपैयाँ कायम भएकोमा आज २० रुपैयाँले बढेर ४ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ ।





