प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ : हर्क साम्पाङ

२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा पुरानै अडान दोहोर्‍याएका छन् ।

सभामुख डीपी अर्यालसँग समयमा मागेर बोल्दै उनले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नै पर्ने बताए ।

‘हामी सदन चलाउन तयार छौँ । तर हाम्रो माग एउटै छ, ०८३ साल जेठ १७ गते प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ’, उनले भने, ‘संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ ।’

उनले आफूहरू सदनका अन्य कार्यसूचीमा प्रवेश गर्न तयार रहेको बताए। ‘तर हाम्रा माग सम्बोधन हुनुपर्छ’, उनले भने, ‘तर प्रधानमन्त्रीले दिएको राष्ट्रहितविरोधी अभिव्यक्ति सच्याउनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार