बाँकेमा विद्यालयको जग्गा खाली गराउन पुगेका प्रहरीमाथि खुकुरी प्रहार

२०८३ जेष्ठ २८, बिहीबार

बाँके : बाँकेको बैजनाथ गाउँपालिकास्थित ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउने क्रममा प्रहरीमाथि आक्रमण भएको छ।

अतिक्रमण हटाउन पुगेका टोलीका एक प्रहरी हवल्दारमाथि स्थानीय महिलाले धारिलो हतियार प्रहार गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी हवल्दार सुनिल चौधरीमाथि स्थानीय सावित्रीकुमारी शाहीले धारिलो हतियार प्रहार गरेकी हुन्। घटनामा चौधरी सामान्य घाइते भएका छन्।

बाँके प्रहरीका प्रवक्ता तथा नायब प्रहरी उपरीक्षक प्रतितसिंह राठौरले प्रहरीमाथि आक्रमण भएको पुष्टि गर्दै आक्रमणमा संलग्न शाहीलाई नियन्त्रणमा लिइएको बताए । विद्यालयको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका व्यक्तिहरूलाई जग्गा खाली गर्न विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गरेको थियो।

तर अतिक्रमणकारीहरूले सूचना अटेर गरेपछि आज बिहान प्रहरीको सहयोगमा अतिक्रमण हटाउने काम सुरु गरिएको थियो। विद्यालयको जग्गामा बनेका सात वटा घर टहरा हटाएको छ। ती घर टहरामध्ये केहीमा एक दशकभन्दा बढी समयदेखि बसोबास हुँदै आएको बताइएको छ।

विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गर्दा पनि अतिक्रमित क्षेत्र खाली नगरिएकाले कानुनी प्रक्रिया अनुसार प्रहरीको सहयोगमा जग्गा खाली गराउने अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने महिलामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार