विष्णु माझीको नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक

२०८३ जेष्ठ ३१, आईतवार

काठमाडौँ : चर्चित गायिका विष्णु माझीले लामो समयपछि आफ्नो कम्पनीबाहिरको गीतमा स्वर दिएकी छन्। शनिबार सार्वजनिक ‘झोर्ले हजुर’ बोलको गीतमार्फत उनी बाहिरी प्रोजेक्टमा सुनिएकी हुन् ।

विगत केही वर्षदेखि विष्णु माझीले आफ्नै सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज र दशैं विशेष गीतहरू मात्र सार्वजनिक गर्दै आएकी थिइन्। उनका नयाँ गीत सुन्न प्रायः तीजको प्रतीक्षा गर्नुपर्थ्यो । तर यसपटक उनको गीत तीजअघि नै आएको छ ।

‘झोर्ले हजुर’मा विष्णु माझीसँग गायक बाबुकृष्ण परियारको पनि स्वर रहेको छ। गीतका शब्द रमेश बिजीले लेखेका हुन् भने सङ्गीत बाबुकृष्ण स्वयंले तयार पारेका छन्। मगर समुदायमा अभिवादनका रूपमा प्रयोग हुने शब्द ‘झोर्ले’लाई प्रतीक बनाएर तयार गरिएको गीतले तीजका विरह र वेदनाभन्दा फरक भाव प्रस्तुत गरेको छ।

गीतको भिडियोमा बाबुकृष्ण परियारसँगै सुजैन सिंह खड्काको अभिनय देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र अमृत चापागाईंको सम्पादन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार