काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार रूपैयाँले बढेर २ लाख ९८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रूपैयाँ कायम भएकोमा आज १ सय २० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ कायम भएको छ ।





