खोटाङमा स्वास्थ्यकर्मी मृत फेला

२०८३ असार १, सोमबार

काठमाडौँ : खोटाङको बराहपोखरी-१ स्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी मृत फेला परेकी छन्।

सोही वडाकी मुना तामाङको घरमा डेरा गरेर बस्दै आएकी बझाङकी २३ वर्षीया अनिशाकुमारी धामी मृत फेला परेकी हुन्।
उनी कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, खोटाङले जानकारी दिएको छ।

भित्रबाट ढोका बन्द रहेको र उनी आइतबार बिहानैदेखि बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाको थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार