कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२६’ बाट सम्मानित

२०८३ असार १, सोमबार

काठमाडौं : कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताको रूपमा सम्मानित भएको छ ।

बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो । इन्फोसिस फिनाकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ ।

यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको हो । उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्‍याएको र डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउँन योगदान पुगेको बैंकले जनाएको छ ।

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ बनेको र आगामी दिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार