यौन दुर्व्यवहार गरेकाे आरोपमा शिक्षक पक्राउ

२०८३ असार २, मंगलवार

काठमाडौं : बैतडीको दशरथचन्द नगरपालिकाको एक विद्यालयमा अध्ययनरत छात्रामाथि जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन्।

एसइई पूरक परीक्षाको तयारीमा जुटेकी छात्रालाई ट्युसन पढाइदिने भन्दै विद्यालयमै बोलाएर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा नरेश चन्द पक्राउ परेका हुन्। कक्षाकोठामै यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि फरार भएका चन्दलाई प्रहरीले बैतडी सदरमुकामबाट पक्राउ गरेको हो।

पीडित छात्रा एसइईको ग्रेडवृद्धिका लागि पूरक परीक्षाको तयारी गरिरहेकी थिइन्। उनलाई ट्युसन पढाइदिने भन्दै चन्दले एक्लै बोलाउने गरेको र कक्षामै पटकपटक दुर्व्यवहार गरेको परिवारजनले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार