काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर २ लाख ९८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १५ रूपैयाँ कायम भएकोमा आज २५ रुपैयाँले घटेर ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ ।








