काठमाडौं : नेपालका लागि टिभीएस दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि ले ग्राहकलाई लक्षित गर्दै ‘२ वर्ष ट्याक्स फ्री – टिभीएसमा खुशी नै खुशी’ योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार ग्राहकलाई सवारी खरिदलाई थप सहज, किफायती र आकर्षक बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। योजनाअन्तर्गत टिभीएसका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले दुई वर्षसम्मको सवारी कर (रोड ट्याक्स) निःशुल्क सुविधा प्राप्त गर्नेछन्।
यसका अतिरिक्त ग्राहकले नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कै आधारमा फटाफट फाइनान्स सुविधा, रु. २,८९९ बाट सुरु हुने न्यूनतम मासिक किस्ता (EMI) तथा पुरानो सवारी साटेर नयाँ टिभीएस खरिद गर्ने एक्सचेन्ज सुविधा समेत पाउने कम्पनीले जनाएको छ। कम्पनीले टिभीएसका सवारीसाधनको विश्वसनीय गुणस्तर, उत्कृष्ट प्रदर्शन र देशव्यापी बिक्रीपछिको सेवा सञ्जाललाई समेत योजनाको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरेको छ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियार ले ग्राहकलाई अधिकतम सुविधा उपलब्ध गराउँदै सवारी खरिद प्रक्रियालाई अझ सहज र पहुँचयोग्य बनाउन यो योजना ल्याइएको बताए। योजनाबारे विस्तृत जानकारी तथा सुविधा लिन इच्छुक ग्राहकलाई देशभर रहेका टिभीएसका आधिकारिक शोरुममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।








