काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबारदेखि हुन लागेको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको नामावाली शनिबार बेलुका ८.३० मा नै सार्वजनिक हुनेछ ।
उम्मेदवारी मनोनयन सोमबार दिउँसो हुने र मंगलबार बिहानदेखि पहिला चरणको मतदान हुनेछ।









