प्राइम बैंकले असार १६ देखि ३ अर्बको ऋणपत्र जारी गर्दै

२०८३ असार ८, सोमबार

काठमाडौं : प्राइम कमर्सियल बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले असार १६ गतेदेखि १० वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गर्न लागेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गरी कुल ३ अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत स्थिर ब्याजदर प्राप्त गर्नेछन्।

कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई निजी तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ। सार्वजनिक निष्काशनतर्फ छुट्याइएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि सुरक्षित गरिएको छ। बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने अवधि असार १९ गतेसम्म रहनेछ। उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा निष्काशन अवधि असार ३० गतेसम्म लम्बिनेछ। ऋणपत्रको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र कर्जाको माग अपेक्षाकृत कम रहेको अवस्थामा बैंकहरूले दीर्घकालीन स्रोत व्यवस्थापन तथा पूँजी संरचना सुदृढ बनाउन ऋणपत्र निष्काशनलाई प्राथमिकता दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार