काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर २ लाख ८८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रूपैयाँ कायम भएकोमा आज ४० रुपैयाँले बढेर ४ हजार ७ सय ३० रुपैयाँ कायम भएको छ ।








