एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच सहकार्य

२०८३ असार ८, सोमबार

काठमाडौं : निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरण खरिदलाई सहज बनाउन एमएडब्लु अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव तथा ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन्।

यस सहकार्यपछि जेसीबी निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले नेपाल राष्ट्र बैंकको प्रचलित लोन–टु–भ्यालु (एलटीभी) मापदण्डअनुसार उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ।

सम्झौताअनुसार आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि एक साताभित्रै डेलिभरी अर्डर (डीओ) जारी गरिने व्यवस्था गरिएको छ। साथै, ग्राहकले जेसीबी उपकरण खरिदका लागि अधिकतम पाँच वर्ष अवधिसम्मको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीलाई आधुनिक निर्माण उपकरण खरिदका लागि आवश्यक वित्तीय पहुँच सहज बनाउनेछ। प्रतिस्पर्धी वित्तीय सुविधा तथा छरितो प्रक्रियाले विशेषगरी साना तथा मझौला व्यवसायीलाई आधुनिक उपकरणमार्फत आफ्नो व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

एमएडब्लु अर्थमुभर्सले उपलब्ध गराउने जेसीबीका विश्वसनीय निर्माण उपकरण, कम्पनीको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म एकीकृत समाधान उपलब्ध गराउने कम्पनीले जनाएको छ।

एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकले आगामी दिनमा पनि ग्राहकमैत्री वित्तीय सेवा विस्तार गर्दै नेपालको निर्माण तथा पूर्वाधार विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार