जिल्लास्तरीय कांग्रेस भेलाका लागि गगन थापा झापा पुगे

२०८३ असार ९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन कुमार थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन मंगलबार उनी झापा गएका हुन् ।

मंगलबार हुने जिल्लास्तरीय पार्टी भेलालाई उनले सम्बोधन गर्ने तयारी रहेको कांग्रेस झापाका सचिव कृष्णप्रसाद हुमागाईंले बताए ।

भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक रहेका निश्कल राई पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार