प्रधानमन्त्री सचिवालयका ३ जनाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

२०८३ असार १०, बुधबार

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीनजनाले रास्वपाको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख राजनीतिक सल्लाहकार असिम साहसहित ३ जना उम्मेदवार बनेका हुन् ।

साहसहित नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।

राजनीतिक सल्लाहकार साहले खुल्ला मुस्लिम समावेशी क्लस्टरतर्फबाट उम्मेदवारी दिएका छन् । उनी रास्वपाका पूर्वसमानुपातिक सांसद पनि हुन् । बालेनलाई रास्वपामा जोड्नको लागि साहले सक्रिय भूमिका खेलेका थिए ।

सुदीपले खुला क्लष्टरबाट र हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वकीय उपसचिवका रूपमा कार्यरत प्रकृतिले पनि खुलाबाटै केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

रास्वपाको ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि आज निर्वाचन हुँदैछ । निर्वाचन प्रक्रिया लम्बिएपछि प्रधानमन्त्री शाह भने काठमाडौं फर्किसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार