मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

२०८३ असार ११, बिहीबार

काठमाडौं : मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एक युवकको मृत्यु भएको छ।

बुधबार साँझ साढे ७ बजेतिर रौतहटको गुजरा नगरपालिका ५ हरिहरपुरस्थित भित्री सडकखण्डमा बाख्रालाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा चन्द्रपुर ५ का २४ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका ५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा पुर्याएपछि चिकित्सकले दिपेश चौधरीलाई मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार