‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ राष्ट्रपतिद्वारा प्रमाणीकरण

२०८३ असार ११, बिहीबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा आज जारी विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक आज प्रमाणीकरण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार