काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म आएको मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ डा. स्वर्णिम वाग्ले अग्रस्थानमा छन्।
वाग्लेले ४९ मत पाएका छन्। सोबिता गौतमले ४७, डा. तोशिमा कार्कीले ४५, राजीव खत्रीले ४४, रञ्जु दर्शनाले ४४, मनिष झाले ४४ मत पाएका छन्।
त्यस्तै विपिनकुमार आचार्य, रमेश प्रसाईं, सागर ढकाल, शिशिर खनाल, इन्दिरा रानामगर, कविन्द्र बुर्लाकोटी, निशा डाँगी, हरि ढकालले समान ४३–४३ मत पाएका छन्।
त्यस्तै गणेश कार्कीले ४१, पुकार बम र समीक्षा बास्कोटाले समान ४०, जगदीश खरेलले ३९ मत, रिमा विश्वकर्मा र सुलभ खरेलले ३५ मत पाएका छन्।





