ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

२०८३ असार ११, बिहीबार

काठमाडौं : ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए ।

युवराज खत्रीको जाहेरीले काठमाडौं जिल्ला अदालतमा दायर भएको चेक अनादर मुद्दामा उनलाई कैद गर्न २०७९ जेठ २५ मा आदेश भएको थियो ।

उनले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २५ गते पक्राउ गरेको थियो ।

उच्च अदालतले पैतृक सम्पत्तिबाट आर्थिक कारोबार मिलाउन आदेश दिएपछि उनी रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार