काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशन अन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक थिए । पार्टी विधानअनुसार एक सभापति, महिलासहित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ।
यसअघि सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।





