काठमाडौँ : काठमाडौँ महानगरपालिका–२७ स्थित रत्नपार्कमा माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार रत्नपार्क स्थित विद्युत् प्राधिकरण अगाडी बागमती प्रदेश–०१–००२ ज ७०१२ नम्बरको ईभी माइक्रोले ठक्कर दिँदा सड्क क्रस गर्दै गरेका ७३ वर्षीय माधव प्रसाद खनालको मृत्यु भएको हो। उपचारको क्रममा उनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।
मृतक काभ्रे घर भएर बुढानीलकण्ठ बस्दै आएका थिए। दुर्घटनामा संलग्न रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै गरेको माइक्रोबसका चालक २१ वर्षीय राम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । चालक मकवानपुरका स्थानीय हुन्।





