काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागका केही स्थानमा, कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।





