माफी माग्दै दुर्गेश थापाले युट्युबबाट हटाए ‘मास्टर्नी’ गीत

२०८३ श्रावण २, शनिबार

काठमाडौं : दुर्गेश थापाले आफ्नो युट्युब च्यानलका साथै अन्य सामाजिक सञ्जालबाट ‘मास्टर्नी’ गीत हटाएका छन् ।

उक्त गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरूमा व्यापक आलोचना भएको थियो । त्यसलाई सम्मान गर्दै आफूले गीत हटाएको दुर्गेशले उल्लेख गरेका छन् ।

“दर्शकहरूको भावनाको सम्मान स्वरूप “मास्टर्नी” गीतलाई दुर्गेश थापा युट्युब च्यानल तथा मेरा अन्य सामाजिक सञ्जालहरूबाट आधिकारिक रूपमा हटाइएको जानकारी गराउँदछु,” उनले विज्ञप्तिमा भनेका छन् ।

गीतका केही शब्द तथा प्रस्तुतीकरणले दर्शक, शिक्षक-शिक्षिका, गुरुजनको भावनामा ठेस पुगेको महसुस गरेका उनले बताएका छन् । “त्यसप्रति म तथा सम्पूर्ण टिमको तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछौँ,” उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार