गोल्डेन बुटको दौडमा मेसी शीर्षस्थानमा, एमबाप्पेलाई उछिने

२०८३ श्रावण २, शनिबार

काठमाडौं : फिफा विश्वकप २०२६ को उपाधिसँगै व्यक्तिगत अवार्डको दौडमा पनि अर्जेन्टिनाका कप्तान लियोनल मेसी बलियो अवस्थामा पुगेका छन् ।

इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गर्दै उनले गोल्डेन बुटको होडमा फ्रान्सका किलियन एमबाप्पेलाई पछि पारेका छन् । अमेरिकाको एटलान्टामा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा अर्जेन्टिनाका दुवै गोलमा मेसीले असिस्ट गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले ।

मेसी र एमबाप्पे दुवैले प्रतियोगितामा ७ खेलबाट समान ८ गोल गरेका छन् । तर मेसीको नाममा ४ असिस्ट हुँदा एमबाप्पेको ३ असिस्ट मात्र रहेकाले फिफाको टाइब्रेकरअनुसार मेसी गोल्डेन बुटको दौडमा शीर्षस्थानमा उक्लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार