काठमाडौं : इरानको दक्षिणी हर्मोजगान प्रान्तका विभिन्न क्षेत्रमा अमेरिकाले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै तस्निम समाचार संस्थाले जनाए अनुसार यस आक्रमणमा अन्य आठ जना घाइते भएका छन । उक्त समाचार संस्थाका अनुसार अहिले घटनास्थलमा आपत्कालीन सेवा, सुरक्षा निकाय र अन्य सम्बद्ध निकायहरूले काम गरिरहेका छन्।





