देश फेरि द्वन्द्वमा जाने खतरा बढ्यो : कुलमान घिसिङ

२०८३ श्रावण २, शनिबार

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई आग्रह गरेका छन्।

उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए ।

उनले भने, ‘देशभरी आगामी तीन महिनामा तीन लाख सदस्यता वितरण गर्ने भनेर डिजिटल सदस्यता वितरण र गाउँ–गाउँमा पुगेर जनतासँग संवादको एउटा बाटो पनि हुन्छ । सदस्यता वितरणले व्यापक रूपमा उज्यालो नेपाल पार्टीलाई जनतासम्म पुग्ने कार्यक्रममा धेरै सहयोग पुग्नेछ । आगामी तीन महिनाभित्र व्यापक रूपमा सदस्यता वितरण र संगठन निर्माणमा सबैजना लाग्नुहोला ।’

त्यसैगरी, अध्यक्ष घिसिङले वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने आशंका रहेको बताए । उनले सरकार र सबै राजनीतिक दलले गम्भीरता अपनाएर देशलाई द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार