ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व सङ्कलन

२०८३ श्रावण ५, मंगलवार

गण्डकी : गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट एक करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ ।

प्रदेशका ११ वटै जिल्लामा गरिएको प्रहरी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट जरिवाना बापत उक्त रकम उठेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले सोही अवधिमा १९ वटा सवारी दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा परी २१ जनाले ज्यान गुमाए भने १८ जना घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार