काठमाडौँ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इन्जिनियर (कम्प्युटर) पदमा कार्यरत राकेशकुमार दासविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दासले भारतको बिहार स्कुल एक्ज्यामिनेसन बोर्ड, पटनाबाट इन्टरमिडिएट तह र श्री भेन्कटेश्वर युनिभर्सिटी, तिरुपतिको डिग्री अफ ब्याचलर अफ इन्जिनियरिङ (कम्प्युटर साइन्स)को झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगपत्रमा उल्लेख छ।



